भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खाँदबारी। संखुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले रु पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन्। जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन्।

आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका-२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार