कार्तिक १४, २०८३ शनिबार October 31, 2026

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खाँदबारी। संखुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले रु पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन्। जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन्।

आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका-२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार