काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा ठुलो छलाङ आएको छ भने चाँदीको मूल्यमा पनि पर्याप्त वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भई प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ। यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार शुक्रबार चाँदी प्रतितोला १२० रुपैयाँले बढेको छ।
यससँगै साताको अन्तिम दिन एकै दिन सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया