मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

लोकसभा नोभेम्बर ३० र डिसेम्बर १ मा बोलाउन सकिने र राज्यसभा डिसेम्बर २ र ३ मा बोलाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ मंसिर । भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । केन्द्र सरकारले नोभेम्बर ३० मा लोकसभा र राज्यसभा डिसेम्बर २ मा बोलाएको छ । तर लोकसभा बैठक केवल चार दिनका लागि मात्र सञ्चालन हुने भएपछि विपक्षी दलहरूले विरोध गरेका छन् ।

भारतीय संसदीय मामिला मन्त्री किरेन रिजिजुका अनुसार कार्यभारको आधारमा दुवै सदनको बैठक डिसेम्बर ३ मा समाप्त हुनेछ।
सरकारले अप्रिलमा अगाडि बढ्न नसकेको महिला आरक्षण र सीमांकन विधेयकहरू पुन: पेश गर्न सक्ने चर्चा छ। प्रमुख विपक्षी दल कांग्रेसले सरकारको मनसायमाथि प्रश्न उठाउँदै  हिउँदे अधिवेशन नबोल्ने आशंका व्यक्त गरेको छ।

रिजिजुले गत बिहीबार संसद् बैठक आवश्यक सरकारी कामका लागि बोलाइन लागेको जानकारी दिएका थिए ।

कांग्रेस सांसद मनीष तिवारीले सरकारले नियमित हिउँदे अधिवेशन किन बोलाइरहेको छैन भनेर प्रश्न सोधेका छन् । ‘विशेष अधिवेशनले नियमित अधिवेशनलाई प्रतिस्थापन गर्नु हुँदैन। यदि सरकारले अप्रिलमा पारित नभएको विधेयक पुन: पेश गर्न चाहन्छ भने नियमित सत्रमा त्यसो गर्न सक्छ,’ उनले भने ।

लोकसभा नोभेम्बर ३० र डिसेम्बर १ मा बोलाउन सकिने र राज्यसभा डिसेम्बर २ र ३ मा बोलाउन सकिने बताइर्एको छ। यद्यपि, सरकारले दुवै सदनको पहिलो बैठकको लागि मिति मात्र सुझाव दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया