मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, ११ मङ्सिरः जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा प्राप्त गरेका छन् ।

यसैगरी, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि पुर्जा वितरण गरिएको छ । चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार भइरहेको छ । जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया