मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

आवश्यक परे अमेरिकी सेना पुनः परिचालन गर्न तयार रहेको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ७ मङ्सिर : अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग वार्ता गर्ने हुनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठक स्थानीय समयअनुसार दिउँसो २ बजे हुनेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्रीसँग वार्ता गर्दै इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा खाडी साझेदारहरू एकमत रहेको बताउनुभएको थियो ।

ट्रम्पले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत इरानमाथिको समुद्री नाकाबन्दी तथा ‘अपरेसन आइरन गेट’ अन्तर्गत स्थल र समुद्री दबाब जारी राख्ने पक्षमा रहेको दाबी गर्नुभएको थियो । उहाँले इरानको उत्पादन क्षमता सैन्य आक्रमणका कारण करिब ८५ प्रतिशत घटेको बताउँदै आवश्यक परे अमेरिकी सेना पुनः परिचालन गर्न तयार रहेको चेतावनी दिनुभएको थियो ।

आइतबार ट्रम्पले सम्झौता नभए नयाँ वर्षपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने बताउनुभयो । इरानले ठोस प्रगति नगरी वार्ता लम्ब्याएको आरोप लगाउँदै उहाँले नाकाबन्दी तोड्ने प्रयास गर्ने इरानी ट्याङ्करलाई कडा जवाफ दिने चेतावनीसमेत दिनुभएको थियो ।

यसैबीच, कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आणविक कार्यक्रम तथा द्वन्द्व अन्त्यका सर्तमा देखिएका मतभेद कम गर्ने प्रयास गरिरहेको छ । आठ महिनाभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि पनि युद्ध समाधानको स्पष्ट बाटो देखिएको छैन । यस्तो अवस्थामा रुबियो र कतारी प्रधानमन्त्रीबीचको वार्तालाई क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Speaker Aryal, South Korean Ambassador Park discuss expanding bilateral cooperation
२०८३ मंग्सिर ७, सोमबार
इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता
२०८३ मंग्सिर ७, सोमबार
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार