मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता

आगोको तीव्रताका कारण मृतकका शवहरू चिन्न नसकिने अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । इण्डोनेसियाको बान्टेन प्रान्तस्थित एक क्यान्डी उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी करिव ५० जना बेपत्ता भएका छन् । आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । शनिवार राति सेराङ रिजेन्सीस्थित कारखानामा आगलागी भएको थियो ।

घटनास्थलबाट सातवटा शव राखिएका झोला फेला परेको प्रहरीले जनाएको छ । ती शवलाई पहिचानका लागि अस्पताल पठाइएको छ । आगलागी हुँदा कारखानामा करिव ३०० जना उपस्थित रहेको बताइएको छ । आगोको तीव्रताका कारण मृतकका शवहरू चिन्न नसकिने अवस्थामा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन् ।

 त्यसैले मृतकको पहिचान गर्न दृश्य परीक्षण सम्भव नभएको जनाइएको छ । प्रहरीकाअनुसार आगलागीबाट क्षतिग्रस्त भवनका केही भाग भत्किन सक्ने जोखिम रहेकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । एजन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया