मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत

ट्रम्पलाई इरानमा थप सैन्य आक्रमणबाट रोक्ने प्रस्ताव सिनेटमा विफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रश्ताव अस्वीकृत गरेको छ ।

रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा प्रश्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो । तीन जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोस्की र ¥यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

यस्तै पेन्सिलभेनियाका डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यानले भने प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि गत सेप्टेम्बरमा अमेरिकी प्रतिनिधिसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर सिनेटबाट अस्वीकृत भएपछि राष्ट्रपति ट्रम्पलाई इरानमाथि थप सैन्य कारबाही गर्ने निर्णयमा रोक लगाउने प्रयास सफल हुन सकेन ।

इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृतगत नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेको करिव दुई सातापछि सिनेटमा उक्त मतदान भएको हो । इरान युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्नु रिपब्लिकनको चुनावी पराजयको एउटा कारण रहेको विश्लेषण गरिएको छ ।

‘द न्युयोर्क टाइम्स’का अनुसार युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिका कारण चुनावमा क्षति पुगेको स्वीकार गर्ने रिपब्लिकन नेताहरू भएपनि मतदाताको सन्देशले पार्टीको इरानसम्बन्धी अडानमा परिवर्तन ल्याउन सकेको छैन ।

फेब्रुअरी २८ मा इरानसँग द्वन्द्व शुरु भएयता अमेरिकी संसद्मा युद्ध अधिकारसम्बन्धी प्रस्तावमाथि २१ पटक मतदान भइसकेको छ । जसमध्ये प्रतिनिधि सभामा ६ र सिनेटमा १५ पटक मतदान भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

यसअघि जुन २३ मा अमेरिकी सिनेटले इरानमा थप सैन्य कारबाही गर्नुअघि कंग्रेसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने उद्देश्यसहितको प्रश्ताव पारित गरेको थियो । द्वन्द्व शुरु भएयता यस्तो प्रस्ताव दुवै सदनबाट पारित भएको त्यो पहिलो अवसर थियो ।

यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूले उक्त प्रस्तावलाई मुख्यतः प्रतीकात्मक कदमका रूपमा व्याख्या गरेका थिए । मध्यावधि निर्वाचनपछि सिनेटमा डेमोक्र्याटिक दलका नेता चक सुमरले इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले यसका लागि केही रिपब्लिकन सिनेटरहरूको समेत समर्थन प्राप्त हुने बताएका थिए । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार