मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पका पुटिनसम्बन्धी टिप्पणीहरूप्रति आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वेस्ट पाम बीच, संयुक्त राज्य अमेरिका, १० मङ्सिर (रासस/एएफपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रुट्टले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गर्नुभएको छ ।

ट्रम्पको मार–ए–लागो रिसोर्टमा भएको वार्तापछि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, “भेट युक्रेन र इरानका युद्धमा केन्द्रित थियो र ‘उत्कृष्ट’ र ‘धेरै प्रभावकारी’ भएको थियो ।”

“हामीले रुसले जानाजानी वा अनजानमा युद्ध फैलाउने कुनै पनि कदम नचालोस् र युद्धको शान्तिपूर्ण समाधान सकेसम्म चाँडो खोजियोस् भन्ने विश्व समुदायको चासोबारे पनि छलफल गर्‍यौँ,” वक्तव्यमा थपिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता चीनमा भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मेरो मित्र’ भनी नजीकको सम्बन्ध देखाउन खोजेको केही दिनपछि राष्ट्रपति ट्रम्प र रुट्टको यो संयुक्त अपील आएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पका पुटिनसम्बन्धी टिप्पणीहरूप्रति आपत्ति जनाउनुभएको छ ।

“हाम्रा लागि उहाँ (पुटिन) हत्यारा हुनुहुन्छ,” जेलेन्स्कीले सीएनएनसँगको एक अन्तर्वार्तामा भन्नुभयो । रुट्टलाई बुधबार फक्स न्यूजको ‘फक्स एन्ड फ्रेन्ड्स’ मा ट्रम्पका टिप्पणीबारे सोधिएको थियो । “राष्ट्रपति ट्रम्पले शेन्जेनको भेटपछि पनि पुटिनको धारणा हेरिरहनुभएको छ,” नाटो महासचिवले भन्नुभयो ।

“उहाँ कति गम्भीर हुनुहुन्छ ? वार्ताको टेबलमा आउन तयार हुनुहुन्छ ? वास्तवमै वार्तामा संलग्न हुन तयार हुनुहुन्छ ? त्यसैले दबाब कायम राखौँ ।”

उहाँले भन्नुभयो, “मलाई लाग्छ दवावले काम गरिरहेको छ र हामीले यसलाई जारी राख्नुपर्छ ।”

आलोचकहरूले मस्कोको पक्ष लिएको आरोप लगाएका ट्रम्पले पुटिनसँगको भेटपछि भन्नुभएको थियो, “रुसी नेता ‘कूटनीतिक माध्यम’ बाट युद्ध अन्त्य गर्न चाहनुहुन्छ । फ्लोरिडाको यो भेट त्यतिबेला भएको हो जब युरोपेली राष्ट्रहरूले अहिलेसम्म युक्रेन, अमेरिका र रुस मात्रै संलग्न रहेका प्रारम्भिक वार्तामा सामेल हुने इच्छा व्यक्त गरेका छन् ।

रुट्टले कुनै पनि सम्झौतामा युक्रेनका लागि सुरक्षा सुनिश्चितता हुनुपर्ने बताउनुभयो । “जब युद्ध अन्त्य हुन्छ, शान्ति सम्झौताबाट होस् भन्ने हाम्रो चाहना हो, वा सम्भव नभए दीर्घकालीन युद्धविरामबाट, हामीले युक्रेनसँग आगामी दिनका लागि सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

रुट्टले थप्नुभयो, “हामीले युक्रेनसँग लडाइँ जारी राख्न, सफल हुन र रुसीहरूमाथि अधिकतम दबाब दिन आवश्यक कुरा उपलब्ध छ भन्ने सुनिश्चित गर्नुपर्छ ।”

ट्रम्प र रुट्टले रक्षा खर्च बढाउनेबारे पनि छलफल गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले युरोपेली शक्तिहरूलाई यस्तो दिन दबाब दिँदै आएका छन् ।

फ्लोरिडाको वार्ता त्यतिबेला भएको हो जब पेन्टागन प्रमुख पीट हेगसेथले आउँदा हप्ताहरूमा युरोपमा अमेरिकी सैन्य उपस्थिति पुनरावलोकनको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन
२०८३ मंग्सिर १०, बिहिबार
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
२०८३ मंग्सिर १०, बिहिबार
महिला बास्केटबल : क्वाटरफाइनल समीकरण पूरा
२०८३ मंग्सिर १०, बिहिबार
क्रिकेटर रोहित पौडेलले सिम्रन खड्कासँग कसे लगनगाँठो
२०८३ मंग्सिर १०, बिहिबार
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा
२०८३ मंग्सिर १०, बिहिबार
मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम तेस्रो स्थानमा
२०८३ मंग्सिर १०, बिहिबार
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
२०८३ मंग्सिर १०, बिहिबार