मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नुहुनेछ । उहाँहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नुहुनेछ ।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नुहुनेछ । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उहाँ शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनुहुनेछ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसक्नुभएको छ । उहाँ तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
२०८३ मंग्सिर ८, मंगलबार
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
२०८३ मंग्सिर ८, मंगलबार
युरोपेली राजदूतसँग मन्त्री दीपक कुमार साहको छलफल
२०८३ मंग्सिर ८, मंगलबार
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार