मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी

कार्यकर्ताको सक्रियता बढाउन सके आगामी निर्वाचनमा पार्टीले थप सिट जित्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन् ।

मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कार्यसम्पादनका आधारमा मतदाताले मतदान गर्ने बताए ।

नयाँ राजनीतिक दलका गतिविधिबारे गाउँघरका नागरिकले समेत विस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने उनको दाबी थियो । कार्यकर्ताको सक्रियता बढाउन सके आगामी निर्वाचनमा पार्टीले थप सिट जित्ने विश्वाससमेत उनले व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
२०८३ मंग्सिर ८, मंगलबार
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
२०८३ मंग्सिर ८, मंगलबार
युरोपेली राजदूतसँग मन्त्री दीपक कुमार साहको छलफल
२०८३ मंग्सिर ८, मंगलबार
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार