मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देउवा पक्षका रोज राणा लुम्बिनी कांग्रेसको सभापतिमा निर्विरोध

लुम्बिनी प्रदेश कांग्रेस देउवा समूहको सभापतिमा राणा सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, मङ्सिर ८ गते । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको अधिवेशन समितिका संयोजक गेहेन्द्र गिरीले  जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको अधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र सुरु भएको थियो । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए ।

प्यूठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले सभापति पदमा उम्मेदवारी दिए पनि नेताहरूबिच भएको छलफल र सहमतिपछि राणालाई सर्वसम्मत सभापति चयन गरिएको गिरीले बताउनुभयो । राणा यसअघि लुम्बिनी प्रदेश सरकारको मन्त्रीसमेत रहिसक्नुभएको छ । उहाँ हाल प्रदेश सभा सदस्य हुनुहुन्छ ।

अधिवेशन तयारी समितिका संयोजक गिरीले सभापति पदमा सहमति जुटे पनि अन्य पदाधिकारी तथा सदस्यको टुङ्गो लगाउन बाँकी रहेको बताउनुभयो । उहाँले आवश्यक परे रातभर छलफल गरेर भए पनि अन्य पदको टुङ्गो लगाइने जानकारी दिनुभयो । सोमबार दिउँसो भएको अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया