काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हरिबोधिनी एकादशी एवं तुलसी-शालिग्राम विवाहको अवसरमा देश तथा विदेशमा रहेका सनातन वैदिक धर्मावलम्बीलाई शुभकामना दिएका छन्।
थापाले तुलसीको महिमा उल्लेख गर्दै संस्कृत श्लोकसहित सामाजिक सञ्जालमार्फत सबैमा सुख, शान्ति र मंगलमय जीवनको कामना गरेका हुन्।
उनले लेखेका छन्, “तुलसि श्रीसखि शुभे पापहारिणि पुण्यदे। नमस्ते नारदनुते नारायणमनःप्रिये॥”
हरिबोधिनी एकादशी तथा तुलसी–शालिग्राम विवाहको पावन अवसरमा सम्पूर्ण सनातन वैदिक धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा उनले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया