काठमाडौं । राजनीतिक वृत्तमा लामो समयदेखि चलिरहेको चर्चा अब यथार्थमा बदलिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र सांसद निशा डाँगीले आफ्नो प्रेम सम्बन्धलाई विवाहको रूप दिने निर्णय गरेका छन्। यही मंसिर १० गते उनीहरूको लगनगाँठो कसिने पक्का भएको छ।
विवाहको मिति नजिकिएसँगै दुवैतर्फ तयारी तीव्र पारिएको छ। विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा बिहेको रौनक सुरु भइसकेको छ भने बेहुली पक्षबाट झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट विवाहको कर्म पूरा गरिने तय भएको छ।
रास्वपाको केन्द्रीय राजनीतिमा सक्रिय नेतृ डाँगीको संसदीय यात्रा निकै सफल मानिन्छ। २०७९ को चुनावमा समानुपातिक कोटाबाट पहिलोपटक संसद प्रवेश गरेकी उनले २०८२ को निर्वाचनमा भने झापा–१ बाट प्रत्यक्ष चुनाव जितेर आफ्नो जनमत प्रमाणित गरेकी थिइन्। अब भने यी दुई राजनीतिक सहयात्री जीवनयात्रामा पनि सँगै हिँड्ने भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया