मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैँछ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक मंसिर ८ गते मंगलबार दिउँसो १:०० बजे बी. पी. स्मृति भवन, सानेपा, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।

केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा बैठकका विस्तृत एजेन्डाहरू भने खुलाइएको छैन । यद्यपि, पार्टीको १५औँ महाधिवेशनपछिका सांगठनिक गतिविधि, मंसिरभित्रै सम्पन्न गर्ने भनिएका जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका, देशव्यापी जनसम्पर्क तथा नीति प्रचार अभियान र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुन सक्ने सन्दर्भमा यो बैठकलाई चासोका साथ हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया