काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल खेमा स्थायी समितिबाट केन्द्रीय समिति बैठक आह्वान गर्ने रणनीतिमा लागेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुवै पद नछाड्ने अडानमा उभिएपछि प्रचण्ड-माधव समूह केन्द्रीय समिति बैठक बोलाउने तयारीमा जुटेको हो । स्रोतका अनुसार, बिहीबारको त्रिपक्षीय छलफल निष्कर्षविहीन बनेपछि प्रचण्डनिवास खुमलटारमा २०७७ साउन १ गते साँझ उनीपक्षीय नेताबीच छलफल भएको थियो ।
छलफलले स्थायी समितिकाे साउन २ गते बैठकबाट केन्द्रीय समिति बैठक आह्वान गर्ने र केन्द्रीय समितिमा बहुमत देखाएर ओलीलाई पार्टी निर्णय मान्न बाध्य पार्नुपर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए ।
यसअघिका बैठक बालुवाटारमा बस्ने गरे पनि अबको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय पनि प्रचण्ड- माधव गुटले गरेको स्राेत बताँउछ ।
नेकपा केन्द्रीय समितिमा ओली पक्षा अल्पमतमा रहेकाे छ । स्थायी समितिमा पनि अध्यक्ष ओलीकाे अवस्था सुदृढ छैन । स्थायी समितिको यसअघि बसेको बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीले दुवै पद त्याग्नुपर्ने माग गरेका थिए । केन्द्रीय समितिमा पनि करिब करिब यस्तै सिनारियो देखिने आकलन गरिएको छ ।
तर, ओली संसदीय दल सामना गर्ने मनस्थितिमा पुगेका छन् । उनले २०७७ साउन १ गते बिहीबारको त्रिपक्षीय नेताकाे बैठकमा आफूले दुवै पद नछाडने बरु संसदीय दल सामना गर्ने जवाफ दिइसकेका छन् । स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका ओली पक्ष संसदीय दलमा भने बहुमत पुग्ने बताइन्छ । साँघुबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया