काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत पैसा पठाउन सम्झौता भएको छ ।
सम्झौता अनुसार देश बाहिर रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई तथा अन्य बैंक तथा वित्तीय संस्थाको खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।
युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ ।
यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत पठाएको पैसा ग्लोबल आइएमईका सम्पूर्ण शाखा कार्यालय वा नेपालभरि रहेको आइएमई लिमिटेडका एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया