असार २५, २०८२ बुधबार July 9, 2025

चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–प्रदान

चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, १६ कात्तिक चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स ९यूएई० का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदान –प्रदान गर्नु भएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्धिपक्षिय सहयोगका लागि असल साझेदार रहने बताउनु भएको छ ।

उहाँका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन–संयुक्त अरब इमिरेट्सले राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।

सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्र प्रमुखहरू सहमतिमा अर्को चरणमा चीन–युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेकोसमेत जनाउनु भएको छ ।

सीले चीन–युएई सम्बन्धलाई आत्मसाथ गर्दै कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाउनु भएको छ ।

आफ्नो सन्देशमा युएईका राष्ट्रपतिले युएई–चीन कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै दुई देशको निरन्तर विकास र समृद्धिका साथै विभिन्न क्षेत्रमा थप सहयोगको कामना गर्नु भएको छ ।

युएईले सँधै दुवै देशका जनताको फाइदाका लागि युएई–चीन बीच रणनीतिक साझेदारीलाई सुदृढ गर्दै विकास गर्न प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ ।

सोही अवसरमा चिनियाँ प्रधानमन्त्री ली किआङ र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले पनि बधाई तथा शुभकामना सन्देश आदान प्रदान गर्नु भएको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्धको वर्षगाँठ दुई देशका राष्ट्र प्रमुख बीचको सहमति कार्यान्वयन गर्ने अवसर भन्दै चीन–युएई रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन संयुक्त अरब इमिरेट्ससँग काम गर्न चीन इच्छुक रहेको बताउनु भएको छ ।

बधाई तथा शुभकामना सन्देशमा मोहम्मदले युएईले चीनसँग द्विपक्षीय सम्बन्ध सुदृढ बनाइ विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको उल्लेख गर्नु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार