श्रावण १७, २०८३ आइतबार August 2, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान : १ हजार २४९ नेपाली स्वदेश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडान मार्फत विभिन्न मुलुकमा अलपत्र परेका १ हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड-१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।

आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ । हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन् । यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार