असार २९, २०८२ आइतबार July 13, 2025

क्यानडाको मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी

प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल,चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ ।

यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रगवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । ओटावास्थित नेपालको राजदूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनीकक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रवद्र्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो ।

उक्त दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल,चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए । ठूला सङ्ख्यामा नेपालकक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गर्नाका साथै नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार