असार २१, २०८२ शनिबार July 5, 2025

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), २३ कात्तिकः जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो ।

पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका ‘राइडर’ सहभागी छन् ।

बिहान ६ः०० बजे प्रारम्भ भएको साइकलयात्रा तानसेन, भैरवस्थान, लिस्नु भिर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेन पुगेर समापन हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल रानीमहल दरबार, भैरवस्थान मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, देवदत्तपार्क, लिस्ने भिरलगायत धार्मिक क्षेत्रको परिक्रमा गरिने सङ्घका अध्यक्ष रुपेश महर्जनले बताउनुभयो ।

यात्रामा १४ वर्षदेखि ६५ वर्षसम्मका राइडर सहभागी छन् । सहगाीमध्ये दुई जना अपाङ्गता भएका, एक जना महिला र एक जना विदेशी नागरिक छन् । साइकलयात्राले साहासिक खेलको विकासका साथै पाल्पाको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उहाँको विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार