जेठ २२, २०८३ शुक्रबार June 5, 2026

कोरोना अपडेटः शनिवार ५७ जना संक्रमित थपिए, १०३ जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जना नयाँ कोरोना भाईरसका विरामी थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा शनिवार थपिएका ५७ जना विमारी सहित १७ हजार ५ सय २ जना संक्रमित पुगेको जानकारी दिए ।

यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको र उनीहरुको उपचार भईरहेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केिएका छन् । योसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।

नेपाल कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार