असार २८, २०८२ शनिबार July 12, 2025

एमएलएस कप : इन्टर मियामी एटलान्टासँग ३-२ गोल अन्तरले पराजित

अब एटलान्टाले सेमिफाइनलमा ओर्लान्डो सिटीको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्टर मियामी एटलान्टा युनाइटेडसँग पराजित भएसँगै यस सिजनको एमएलएस कपको दौडबाट बाहिरिएको छ ।

प्लेअफको तेस्रो तथा निर्णायक खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । आइतबार बिहान भएको खेलमा पराजित भएसँगै इन्टर मियामीको यस सिजनको एमएलएस कपको यात्रा टुंगिएको छ ।

यसअघि लिगमा शानदार प्रदर्शन गरेको इन्टर मियामीले एटलान्टासँगको पहिलो प्लेअफ २-१ ले जितेको थियो भने दोस्रो खेलमा २-१ नै हारेको थियो ।

उस खेलमा एटलान्टाको जितमा जमाल थियारेले २ गोल गरेका थिए भने बार्टोस स्लिजले एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि माटियास रोजास र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

इन्टर मियामीलाई स्तब्ध पर्दै एटलान्टा इस्टर्न कन्फेरेन्सको सेमिफाइनलमा पुगेको छ । अब एटलान्टाले सेमिफाइनलमा ओर्लान्डो सिटीको सामना गर्ने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया