श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट  

१० गाउँका एक सय पाँच घरले नै सुगन्धकोकिलाबाट आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तुलसीपुर, २६ कात्तिक : यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिनुभयो ।
“विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले  बीउ लिएर जाने गर्नुभएको छ”, उहाँले भन्नुभयो ।  सुगन्धकोकिला प्रतिकिलो रु सात सय ५० सम्ममा बिक्री हुने गरेको छ । “विगतमा हामीले किलोको पाँच सयसम्ममा बिक्री गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, अहिले मूल्य वृद्धि भएको छ ।”
यहाँका १० गाउँका एक सय पाँच घरले नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेका छन् । यहाँ वार्षिक एक सय ५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गर्छ । सुगन्धकोकिला विदेश निर्यात गरिन्छ । यहाँबाट सुगन्धकोकिलाको कच्चा पदार्थ लगेपछि के बन्छ, भन्ने कुरा गाउँलेलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताउनुभयो । “यहाँबाट हामी कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको अत्तर, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनेका हाँै”, उहाँले भन्नुभयो, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने त्यति जानकारी छैन ।”
सुगन्धकोकिलाको उत्पादनमा गिरावट
एउटा रुखमा एकपटकमा दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो । यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । “पहिले–पहिलेका रुख सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ”, रेउलेले भन्नुभयो, “सरकारले संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत बढ्ने र रुख संरक्षण हुने थिए ।”
पछिल्लो समय वन कार्यालयले केही रुख रोपे पनि संरक्षण तर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा लिइने अर्का स्थानीयवासी पूर्ण पुनले बताउनुभयो ।
सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको उचाइमा फस्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि यसले उत्पादन दिने र यसलाई व्यवस्थित गर्न सकिए देशलाई आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । यहाँ उत्पादित सुगन्धकोकिलाले बेलाबेलामा बजार नपाउने समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिनुपर्ने माग स्थानीयको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार