असार २५, २०८२ बुधबार July 9, 2025

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

प्रतिवेदनका आधारमा शिक्षण सहायक कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ कात्तिक । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ ।

प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार पढाएर बाँकी रहेका दरबन्दीमा आंशिक रूपमा पढाइरहेका व्यक्तिलाई मात्रै करार सेवामा शिक्षण सहायक पदमा नियुक्त गरिने छ ।

त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्दबहादुर थापाका अनुसार उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाइने छ । आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गतेको बैठकले निर्णय गरेको थियो ।

त्रिविमा आंशिक रूपमा कार्यरत प्राध्यापकले करार सेवामा नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यस विषयमा विश्वविद्यालय प्रशासन र आंशिक प्राध्यापकबिच पटक पटक सम्झौतासमेत भएको थियो ।

आर्थिक रूपमा निकै कमजोर बन्दै गएको त्रिविमा आंशिक प्राध्यापकलाई करार सेवामा लैजाँदा ठुलो व्ययभार थपिने भन्दै सरोकारवालाले भने असन्तुष्टि जनाउँदै आएका छन् । हाल त्रिविमा दुई हजारको हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार