काठमाडौँ । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको टी-२० सिरिज बराबरी गरेको छ ।
गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा न्यूजील्याण्डले ५ रनको रोमाञ्चक जित हासिल गर्दै सिरिज बराबरी गरेको हो ।
न्यूजील्याण्डले दिएको १०८ रनको मध्यम लक्ष्य पछाएको श्रीलंका १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले १९.३ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाएको थियो ।
यो जितपछि २ खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया