असार २५, २०८२ बुधबार July 9, 2025

अन्तरपालिका एकायन कराँते प्रतियोगिता : दिनेश र अन्जनालाई स्वर्ण

महिला वर्गमा ३५ के.जी. मुनि रेखा रोकायाले स्वर्ण तथा साक्षी ढकालले रजत पदक जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ कात्तिक । प्रथम काठमाडौँ महानगरपालिका उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिताको खुला तौल समूहमा पुरुषतर्फ दिनेश बम र महिलातर्फ अञ्जना बुढाथोकी च्याम्पियन बन्नुभएको छ ।

राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौँमा भएको दुई दिने प्रतियोगितामा पुरुषतर्फ अभिषेक तामाङ तथा महिलातर्फ एलिना थापा उपविजेता बन्नुभयो ।काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला वर्गमा ३५ के.जी. मुनि रेखा रोकायाले स्वर्ण तथा साक्षी ढकालले रजत पदक जित्नुभयो ।

यसैगरी ४० के.जी. मुनि सिवानी आले मगर पहिलो र आराध्य घिमिरे दोस्रो तथा ४५ के.जी. मुनि कृपा खड्का पहिलो तथा आयुषा तामाङ दोस्रो स्थानमा रहनुभयो । ५० के.जी. मुनि तौल समूह रेश्मिला राई र सभ्यता नेपाली तथा ५५ के.जी. मुनि निशा तामाङ र आस्था तामाङले क्रमशः स्वर्ण र रजत पदक जित्नुभयो ।

पुरुषतर्फ २५ के.जी. मुनि अरुण लामाले फाइनलमा लविन कार्कीलाई हराएर पहिलो हुनुभयो । यसैगरी ३० के.जी. मुनि विवेश जैशीले नरेश रावत, ३५ के.जी. मुनि गणेश विष्टले सायन भुजेल, ४० के.जी. मुनि प्रविन श्रेष्ठले साजन नेपाली, ४५ के.जी. मुनि सुवास शाहीले समीर बराम, ५० के.जी. मुनि पवन तामाङले अनमोल श्रेष्ठ तथा ५५ के.जी. मुनि बिराज मगरले सुवास नेपालीलाई हराएर स्वर्ण पदक जित्नुभयो ।

विजेता खेलाडीलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत अन्य अतिथिले पुरस्कार वितरण गर्नुभयो । प्रत्येक तौल समूहमा स्वर्ण पदक विजेताले २० हजार, रजत पदक विजेताले १२ हजार र कांस्य पदक विजेताले सात हजार रुपियाँले पुरस्कृत भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार