असार २४, २०८२ मंगलबार July 8, 2025

बालबालिका ऐन संशोधन गर्न सांसदहरुको जोड

बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ कात्तिक : राष्ट्रियसभाका सांसदहरुले ‘बालवालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको छ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का सांसद सुरेशकुमार आले मगरले बालबालिकासम्बन्धी ऐन, २०७५ मा कमीकमजोरी रहेकाले देशैभरका बालबालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । बाल अधिकारकर्मी अशोककुमार जैरुले बालबालिकासम्बन्धी ऐन संशोधन गरी अपाङ्गता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आमसञ्चार माध्यमले बालबालिकाको गोपनीयताको हकलाई बेवास्ता गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कडा कारबाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार