असार २८, २०८२ शनिबार July 12, 2025

युइएफए नेसन्स लिग : इटालीले बेल्जियमलाई १-० गोल अन्तरले हरायो

युइएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक सहित क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको लिगवानग्रुप २ को खेलमा इटालीले बेल्जियम माथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ११औँ मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

खेलको सुरुमै जियोभानीडिलोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए । युइएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ ।

बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियान लुइजीडोना रुम्माले विफल बनाएका थिए । यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । उक्त खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार