श्रावण ३, २०८२ शनिबार July 19, 2025

कीर्तिपुरमा काँग्रेसका उम्मेदवार डंगोलद्वारा उम्मेदवारी दर्ता

महामन्त्री विश्वप्रकाश शर्मासँगै काँग्रेसको तर्फबाट मेयर र वडाध्यक्षका उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

काँग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दिए ।

र्‍यालीसहित पुगेका उनीहरूले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्न पुगेका उनीहरूको साथ महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।

आउँदो १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया