जेठ २२, २०८३ शुक्रबार June 5, 2026

मंसिरमै पार्टीको महाधिवेशन गर्ने ओलीको प्रस्तावले ‘प्रचण्ड’ संकटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा पर्नुभएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजिनामा दिनुपर्ने अडान लिदै आउनुभएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल संशङकित बन्नुभएको छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने विषयबाट सुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

शनिवार वालुवाटारमा बसेको सचिवालय बैठकमका महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताए पनि आइतवार भने प्रचण्डले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताउनुभएको छ । प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताउनुभएको हो ।

प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको ससझदारीको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गरेका थिए ।

पछिल्लो समयमा प्रचण्डलाई साथ दिदै आउनुभएका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टिकरण दिनुभएको छ । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेपछि प्रचण्डले निवासमै बोलाएर स्पष्टिकरण दिनुभएको हो । खुमलटारमा भएको भेलाले अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुने निष्कर्ष निकालेका छन् ।

त्यसैगरी आइतवारको लागि तय भएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित जानकारी दिएको छ । नेपाल समाचारपत्र बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार