काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अघिल्लो दिनको तुलनामा युराेको भाउ ०२ पैसाले घटेको छ । यसअघि सोमबार डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम गरिएको थियो ।
मंगलबार युरोपियन युरो ०८ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा तोकिएको छ । सोमबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ०७ पैसा र बिक्रीदर ३० रूपैयाँ २० पैसा कायम गरेको छ ।
यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८६ र बिक्रीदर ४३९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया