मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार बढी संस्थापक शेयर बिक्रीमा

संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी रमेश चोखानील आफ्नो नाममा रहेको शेयर बिक्रीका ागि निवेदन पेश गरे अनुसार कम्पनीले २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा कार्यालय समयभित्र पेश गर्नु पर्नेछ।

कम्पनीले तोकिएको समय ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनकिो भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया