असार २८, २०८२ शनिबार July 12, 2025

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रगञ्ज (पर्सा)। सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक रु दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा रु १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताउनुभयो । “चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो”, उहाँले भन्नुभयो, “अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ ।”

पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ रु दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चार सय ९९ विनियोजन गरिएको छ । चालु आवको चार महिनामा कूल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशतअर्थात् रु दुई अर्ब ९५ करोड ५५ लाख ८० हजार दुई सय ३८ रकम खर्च भएको छ । पर्साका सरकारी कार्यालयले सोही अवधिमा रु ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार एक सय १६ राजस्व सङ्कलन गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार