असार २८, २०८२ शनिबार July 12, 2025

माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुद प्रतियोगितालाई निरन्तरता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । कास्कीको माछापुछ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुछ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ ।

लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताए ।

खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

माछापुछ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राखे । प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार