असार २४, २०८२ मंगलबार July 8, 2025

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी भएर ११ गते स्वदेश फर्कने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०७ मंसिर । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ।

सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया