श्रावण १, २०८२ बिहिबार July 17, 2025

अर्जुनधारा जलेश्वरधामको प्रवेशद्वार तीनघण्टा खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः साउनको सोमबार शिवालयमा जल चढाउने कार्यक्रम कोभिड-१९ को महामारीको कारण प्रभावित भएको छ । साउन महिनाको पहिलो सोमबार आज शिवालयमा अरु बेलाको जस्तो घुइँचो छैन । अधिकांश भक्तजनले आफ्ना घरमै पूजा सम्पन्न गरेको तथा थोरै मात्र शिवालय मन्दिरमा पुगेका छन् ।

‘पूर्वको पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधामको प्रवेशद्वार आज बिहान करीब तीन घण्टा मात्र खुलेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आज बिहान ०४ः३० बजे नित्य पूजाका लागि प्रवेशद्वर खुला गरिएको तथा तीन घण्टापछि ०७ः३० मा बन्द गरिएको थियो ।

धाम समितिले केही दिनअघि नै सार्वजनिक सूचना जारी गरी कोरोना महामारीका कारण साउनमा मन्दिर खुला नरहने जानकारी दिएको थियो ।

विगतमा साउने सोमबार शिवको पूजा गर्न अर्जुनधारा जलेश्वर धाममा लाखौँ भक्तजनको घुइँचो लाग्ने गरेको थियो । धाममा मूल पूजारीले विशेष पूजा गर्ने समयमा आज बिहान प्रवेशद्वार खुला हुँदा आइपुगेका केही सर्वसाधारणले पूजाको अवसर पाएका थिए ।

मन्दिरको प्रवेशद्वार बन्द गरिए तापनि सयौँ भक्तजनले मन्दिर बाहिर रहेको नाग मन्दिरमा जल चढाउन थालेको समितिका कोषाध्यक्ष जोशीले बताउनुभयो ।

झापाका मेचीनगर, भद्रपुर, कन्काई, बिर्तामोडलगायत क्षेत्रमा रहेका शिवालय मन्दिरमा आज भक्तजनको सङ्ख्या न्यून छ । पूजा गर्न आउनेले मास्क लगाएर सामाजिक दूरी कायम गरेका छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार