असार २४, २०८२ मंगलबार July 8, 2025

सभामुख घिमिरे कम्बोडिया प्रस्थान

आईपीटीपीको एघारौं पूर्ण सत्रमा सभामुख घिमिरेले नेपालको संसदको तर्फबाट सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।

मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति पौने १० बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल रहेका छन् । कम्बोडियामामा नै रहनुभएका प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।

११ औँ बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद र नागरिक समाजबीचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

सभामुख घिमिरेले बैठकमा नेपालको संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायका लागि उदाहरणीय हुने विश्वास व्यक्त गरे ।

भ्रमणको अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल मंसिर ११ गते मंगलबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

आईपीटीपीको बैठकमा जानुअघि सभामुख घिमिरेले शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया