मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

कांग्रेसद्वारा आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन

प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ ।

कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्व अर्थमन्त्री, पूर्व अर्थ राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, निर्माण व्यवसायी महासङ्घ लगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थ विज्ञहरूसँग सुझाव सङ्कलन गरेको हो ।

कार्यक्रममा प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया