असार २२, २०८२ आइतबार July 6, 2025

प्रिमियर लिगमा आज तीन खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछ । प्रिमियर लिगमा सोमबार एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । उल्भ्स घरेलु मैदानमा जित निकाल्दै लिगको छैटौं स्थानमा उक्लन चाहन्छ । सातौं स्थानको उल्भ्सले ५६ अंक जोडेको छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ । एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।

सेफिल्ड पनि एभर्टनलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया