भाद्र १, २०८३ सोमबार August 17, 2026

गण्डकी प्रदेश स्तरीय महिला टी २० क्रिकेटको उपाधि स्याङ्जालाई

उपविजेता कास्कीले ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाण पत्र हात पार्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङजा जिल्लाले जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको फाइनल खेलमा स्याङ्जाले कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै स्याङ्जाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

५७ रनको झिनो विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्‍यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेल्नुभयो । उहाँले २२ बलमा १ चौका प्रहार गर्नु भयो । कुसुम गोदार ११ रनमा अविजित रहनुभयो । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए लिनु भयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रन मात्रै समेटियो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सक्नुभएन । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा रचनाले २५ बलमा २ चौका प्रहार गर्नुभयो । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट, सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिन सफल हुनुभयो ।

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँ खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित हुनुभयो । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदीयमान खेलाडी घोषित हुनुभयो । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार