भाद्र १३, २०८३ शनिबार August 29, 2026

स्थगित परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने त्रिविको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः देशमा कोरोना संक्रमणको अवस्था यथास्थिति रहिरहेमा त्रिभुवन विश्वविद्यालयले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने तयारी थालेको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्था हेरेर सम्बन्धित डिन कार्यालयले सम्भव भए परम्परागत विधिबाटै र नभए अन्य विकल्प प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सक्ने शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले जानकारी दिए ।

‘विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ र सरकारले गर्ने लकडाउनलाई हेरे परीक्षा कसरी गर्ने भन्ने निर्णय सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय सञ्चालन गर्नेछ ।’ शिक्षाध्यक्ष प्राडा. भुसालले भने, ‘अवस्था वर्तमान कै कायम भएमा सामाजिक दुरी कायम गरेर परम्परागत विधिबामट असामान्य भएमाआन्तरिक मूल्यांकन, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा सञ्चालन हुने छ ।’

त्रिविका रोकिएका सबै परीक्षाको कार्यतालिका सात गतेभित्र सार्वजनिक हुने भएको छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छ ।

त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालका अनुसार साउन ७ पछि विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने गरी बैठकले अधिकार दिएको छ ।

त्रिविबाट सेमेस्टर प्रणाली लागु भएका संकायको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा सञ्चालन गर्दै आएको छ । भदौंको पहिलो साताबाट परीक्षा फारम भरिसकेको सेमेस्टरको परीक्षा सञ्चालन गरिने भएको हो ।

लकडाउनको प्रभावका कारण गाउँफर्किएका विद्यार्थीको अवस्था पहिचान गरेर डिन कार्यालयल परीक्षाको किशिम चयन गर्न भएको छ ।

व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको अवस्थामा त्रिविले परीक्षा स्थगित गरेको थियो । भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक दुई दिन मात्र बाँकी रहेको अवस्थामा परीक्षा स्थगित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार