असार २८, २०८२ शनिबार July 12, 2025

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जलेश्वर (महोत्तरी), ९ मङ्सिरः चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।

उक्त अस्पतालमा दैनिक द्ुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएकोे जलेश्वर–२ का अनिलकुमार साहले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताउनुभयो ।

उहाँले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । साथै उहाँले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको राससलाई बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया