कार्तिक ९, २०८३ सोमबार October 26, 2026

कारागारमा मौसमी रुघा र ज्वरोको समस्या

सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ। कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो।

कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ। मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उनले बताए।

सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गर्ने गरिएको ढुङ्गानाले बताए। कारागार कार्यालयमा रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको बताउँदै उहाँले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको उल्लेख गरे।

क्षमताभन्दा बढी कैदीबन्दी हुनु, मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन भनिएको हो।

उनका अनुसार कारागारमा अहिले ७१६ जना कैदीबन्दी र चार जना आश्रित बालबालिका छन्। कारागारमा ३५ महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६७३ जना पुरुष कैदीबन्दी छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार