असार २७, २०८२ शुक्रबार July 11, 2025

एनपीएलको ट्रफी आज प्रधानमन्त्रीले धरहराबाट सार्वजनिक गर्ने

मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल प्रिमियर लिग ( एनपीएल) को ट्रफी आज सार्वजनिक हुँदैछ।

बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।  पहिलो पटक नेपाल क्रिकेट संघ आफ्नै आयोजनामा क्रिकेट लिग हुन गइरहेको छ। यसको चर्चा अहिले विश्वभरका रहेका नेपाली क्रिकेट प्रेमीबीच छ।

मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया