असार २८, २०८२ शनिबार July 12, 2025

३ सय ५१ जनाको निःशुल्क आँखा परीक्षण

राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जनामध्ये २५ जनालाई मोतिबिन्दु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, १० मंसिर । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जका अनुसार गत केही समय यता आएर जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएको आँखा उपचार शिविरहरुमा धेरै जनामा मोतियाबिन्दु देखिन थालेको हो ।

सोहीक्रममा जिल्लाको खजुरा गाउँपालिकाको वडा १ र २ मा रहेको राधापुर र सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३५१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यसमध्ये ७३ जनामा मोतिविन्दु देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जना रहेको र त्यसमध्ये २५ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको थियो । वडा नम्बर २ मा रहेको सितापुर स्वास्थ्य चौकीमा गरिएको आँखा परीक्षणमा २१५ जनाले आँखा परीक्षण गराएकोमा ४८ जनालाई मोतिबिन्दु रहेको पाइएको नेत्र अधिकृत छन्दुलाल थारुले बताउनुभयो ।

खजुरा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया