असार २८, २०८२ शनिबार July 12, 2025

सुनचाँदीको मूल्य आजपनि ह्वात्तै घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मुुल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया