असार २८, २०८२ शनिबार July 12, 2025

नेप्से परिसुचक ३३ अंकले बढ्यो, कुन कम्पनिको कारोवार कति पुग्यो ?

एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समेत स्वागत गरेको छ । शेयर बजारले हरियो देखाएर श्रेष्ठलाई स्वागत गरेको हो ।

श्रेष्ठ नियुक्त भएको दोस्रो दिन अर्थात मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । आज नेप्से एकै दिन १.२४ प्रतिशतले बढ्दा ७ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदासम्म २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया