जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

लुम्बिनी प्रदेशका एमाले सांसद चौधरी पार्टी सदस्यबाटै निलम्बित

चौधरीलाई दलको सदस्यबाट निलम्बन  गरिएको विषयको जानकारी सम्बन्धित दलले प्रदेश सभामा जानकारी नगराएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङ्गले संसद चौधरीलाई एक पत्र पठाउँदै पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै निलम्वन गरिएको जानाकारी दिनु भएको हो ।

”नेकपा (एमाले) बांकेले २०६१ कार्तिक ५ गतेका दिन पार्टीलाई हानी नोकसानी पुर्याउने मनसायका साथ पार्टीका केन्द्रिय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मुल्य, मान्यता विपरित सार्वजनिकरुपमा गाली गलौज गर्ने, सामाजिक संजालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो ।

स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्‌ना कमी कम्जोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्वाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउंदछ” पत्रमा भनिएको छ ।

सांसलद चौधरीलाई   निलम्बन गरिएको पत्रको बोधार्थ एमाले प्रदेश कमिटी लुम्विनी प्रदेशका अतिरिक्त केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

चौधरीलाई दलको सदस्यबाट निलम्बन  गरिएको विषयको जानकारी सम्बन्धित दलले प्रदेश सभामा हालसम्म जानकारी नगराएको  लुम्बिनी  प्रदेश सभाका प्रवक्ता इश्वारी प्रसाद आचार्यले बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया