असार १९, २०८२ बिहिबार July 3, 2025

पाँच लाखको स्वास्थ्य बिमाका लागि स्रोत खोज्दै सरकार

नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकमबिमा कोषमा ल्याउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउन स्रोत व्यवस्थापनमा लागेको बताएका छन्। बुधबार नेपाली कांग्रेस चितवनका नेता स्व. बलबहादुर श्रेष्ठको १२औं स्मृतिसभामा बोल्दै मन्त्री पौडेलले एक लाखको स्वास्थ्य बिमालाई पाँच लाख बनाउन स्रोत व्यवस्थापनमा सरकार लागेको बताएका हुन्।

‘हामीले स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउँछौं मात्र भनेका होइनौं। कसरी पाँच लाख पुर्‍याउँछौं भन्ने कुराको पनि गृहकार्य गरेका छौं,’ मन्त्री पौडेलले भने। नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकमबिमा कोषमा ल्याउने तयारीसमेत भएको उनले बताएका छन्। कडा रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने उनले बताए।

‘स्वास्थ्य बिमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याएका छौं। नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने भनेका छौं। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव ५ प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्छ,’ उनले स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिँदै भने ‘राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्छ।’

स्वास्थ्य कोषको रकमबाट समेत बिमाकोषमा रकम प्रभाव गर्ने तयारी भएको उनले बताए। अहिले स्वास्थ्य कोषमा आठ अर्ब रहेको बताउँदै पौडेलले त्यसलाई बढाएर २४ अर्ब बनाउने लक्ष्य रहेको बताए। मध्यपान तथा सुर्तिजन्य पदार्थमा अधिकतम कर लगाउनुपर्ने बताउँदै उनले त्यसबाट उठ्ने राजस्व स्वास्थ्यमा खर्र्च गर्नुपर्ने धारणा राखे।

‘हामीले प्रयोग गर्ने सिमकार्ड सय रूपैयाँको छ भने त्यसको ५० पैसा बिमा कोषमा जाने व्यवस्था गर्नुपर्छ। विद्युत्, पेट्रोल, डिजेलको शुल्कबाट एक रूपैयाँसम्म लिएर बिमा कोषमा जानुपर्छ भनेका छौं,’ उनले भने, ‘स्रोतको सुनिश्चिताको आधार देखाएर एक लाखबाट बढाएर पाँच लाख बनाउनुपर्छ भनेर भनिरहेको स्थिति हो।’

सरकारको निर्णय र सिद्धान्तअनुसार स्रोत उपलब्ध हुन नसकेको उनले स्वीकार गरे।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री हुँदा बिमा कार्यक्रम लागू गरिएको थियो। अहिले कतिपय ठाउँमा अनियमितता भए पनि त्यसलाई व्यवस्थित गर्नुपर्ने उनले बताए। ‘केही अस्पतालहरूले उपचार नगरी हस्ताक्षर गरेर बिमाको रकम माग गरिरहेका छन्। फेक क्लेम गर्नेलाई त्यसको संस्थासमेत खारेज गर्नेछौं,’ उनले भने ‘औषधीमा भएको मनपरीलाई समेत नियन्त्रण गर्छौं।’ आगामी दिनमा औषधीको मूल्यलाई वेबसाइडमा राख्ने बताए।

उनले जिल्लाका अस्पतालमार्फत रोग निरोधात्मक क्षेत्रमा समेत काम गर्ने बताएका छन्। अस्पतालमा उपचारको वर्गीकरण गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बताउनेसमेत उनले बताए।

१० देखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीलाई एचपिपी खोप लगाउने बताए। थोरै उपकरण र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता रहेको प्रस्ट्याए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णप्रसाद सापकोटा, जिल्ला सभापति राजेश्वर खनाललगायतको उपस्थिति रहेको थियो।

उनीहरूले स्वः बलबहादुर श्रेष्ठले समाज रूपान्तरणमा गरेको कामको प्रशंसा गरेका थिए। स्वः श्रेष्ठले शक्तिखोरमा चेपाङसहित त्यस क्षेत्रका नागरिकको उपचारका लागि आफ्नो जग्गामा स्वास्थ्य चौकी स्थापना गरेका थिए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार