असार २५, २०८२ बुधबार July 9, 2025

शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको छ : मुख्यमन्त्री शाह

क्याम्पसको शैक्षिक भवन विश्वविद्यालय अनुदान आयोगको रु तीन करोड अनुदान सहयोगमा निर्माण हुन लागेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोडाघोडी, (कैलाली), १४ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्पष्ट नीति र मापदण्ड नहुँदा ेशिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।

आज कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन सिलान्यास तथा स्मारिका विमोचन गर्दै मुख्यमन्त्री शाहले सोही कारण शिक्षा क्षेत्रमा बजेट विनियोजनलगायत समस्या भइरहेको बताउनुभयो । “माध्यमिक तहसम्मको शिक्षा पालिका र उच्च शिक्षा व्यवस्थापनको अधिकार प्रदेशलाई दिए पनि त्यसको कार्यान्वयनका लागि स्पष्ट नीति र मापदण्ड छैन । जसले गर्दा शिक्षा क्षेत्रबाट आउने समस्या समाधान गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशका पाँच वटा सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने योजना बजेट विनियोजन नभएका कारण कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले भन्नुभयो,“स्पष्ट नीति र मापदण्डका लागि वित्त आयोगसँग समन्वय गरी उच्चस्तरीय आर्थिक सुझाव तथा समस्या समाधान समिति गठन गरेका छौँ । त्यसको सिफारिसअनुसार काम गरौँला ।”

मुख्यमन्त्री शाहले घोडाघोडीको समग्र विकासका लागि रु २० करोड बजेट बराबरको नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । क्याम्पसको शैक्षिक भवन विश्वविद्यालय अनुदान आयोगको रु तीन करोड अनुदान सहयोगमा निर्माण हुन लागेको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले क्याम्पसका समस्याबारे मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा घोडाघोडीका नगरप्रमुख खडक रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार